दफा ८०
लिखत पेश गर्न इन्कार गर्न नहुने

(१) कानून बमोजिम कुनै अड्डा, अदालत वा राष्ट्रसेवक समक्ष कुनै लिखत पेश गर्नु पर्ने वा पठाउनु पर्ने कानूनीकर्तव्य भएको व्यक्तिले त्यस्तो लिखत पेश गर्न वा पठाउन इन्कार गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।