दफा ११४
विषालु वा विष्फोटक पदार्थ प्रयोग गर्दा लापरबाही गर्न नहुने

(१) कसैले विषालु पदार्थ, आगोजन्य पदार्थ, प्रज्वलनशील पदार्थ, विष्फोटक पदार्थ वा जोखिमी हतियार वा यन्त्रचलाउँदा वा प्रयोग गर्दा कसैको शरीर वा ज्यानमा खतरा वा क्षति पुग्न सक्ने गरी लापरबाही गर्न वा आफ्नाे वाआफ्नाे कब्जा वा जिम्मा रहेको त्यस्तो बस्तुबाट कसैको ज्यान जान सक्ने खतरालाई रोक्ने आवश्यक बन्दोबस्तजानीजानी नगर्न वा त्यस्तो बन्दोवस्त गर्नमा लापरबाही गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।