दफा ११९
वेश्यागमनको प्रचार गर्न नहुने

(१) कसैले वेश्यागमनको लागि प्रचार, प्रसार गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलार्ई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।