दफा १२०
वेश्यावृति वा वेश्यागमनका लागि घर, जग्गा प्रयोग गर्न दिन नहुने

(१) कसैले वेश्यावृत्ति वा वेश्यागमनको लागि जानीजानी आफ्नाे घर, जग्गा, सवारी साधन उपलव्ध गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।