दफा ४७
सजाय छुट दिन सकिने

(१) कुनै कसूरदारले आफूले गरेको कसूर स्वीकार गरी त्यस्तो कसूरका सम्बन्धमा प्रमाण जुटाउन, अन्य अभियुक्त वात्यसको गिरोह वा मतियारलाई पक्राउ गर्न वा अनुसन्धान वा अभियोजन पक्ष वा अदालतलाई सघाउ पु¥याएकोमा कानूनबमोजिम हुने सजायको बढीमा पचास प्रतिशतसम्म सजाय छुट दिन सकिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कसूरदारले सजायमा छुट पाउन सक्ने छैनः–
(क) उपदफा (१) अन्तर्गत एक पटक सजाय छुट पाइसकेको,
(ख) कैद सजाय हुने कसूरमा दोषी ठहर भई कैद भुक्तान गरेको अवधि तीन वर्ष पूरा नगरेको,
(ग) जुन कसूरमा सजाय छुट माग गरिएको हो सोही प्रकृतिको कसूरमा एक पटक सजाय पाइसकेको ।
(३) उपदफा (१) बमोजिम सजायमा छुट दिँदा अभियुक्तले अनुसन्धान वा पुर्पक्षको कुन अवस्थामा कसूर स्वीकार गरेको होर कस्तो परिस्थितिमा त्यस्तो कसूर स्वीकार गरेको हो त्यस्तो कुरालाई समेत विचार गर्नु पर्नेछ ।
४८. अन्तरिम क्षतिपूर्तिको लागि आदेश दिन सक्ने: