दफा २५१
सम्पत्तिको आपराधिक उपयोग गर्न नहुनेः

(१) कसैले सम्पत्तिको आपराधिक उपयोग गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनका लागि कसैले देहायको काम गरेमा निजले सम्पत्तिको आपराधिक उपयोग गरेको मानिनेछ:-
(क) अर्काको सम्पत्ति बेइमानीको नियतले कब्जा गरी उपयोग गरेमा, हानि, नोक्सानी वा हिनामिना गरेमा वासम्बन्धित व्यक्तिको मञ्जुरी विना भाडामा लगाएमा वा बेचबिखन गरेमा,तर कुनै जग्गाको वास्तविक सँधियारले भुलवस सामान्य रुपमा साँध सीमाना मिच्ने गरी कसैको सम्पत्तिउपयोग गरेकोमा यस खण्ड बमोजिमको कसूर मानिने छैन ।
(ख) वेवारिसी सम्पत्ति पाउने व्यक्तिले त्यस्तो सम्पत्तिको धनी थाहा भएर वा त्यस्तोे सम्पत्तिको धनीथाहा हुँदा हुँदै वा थाहा पाएपछि पनि मनासिब समयभित्र त्यस्तो धनीलाई त्यस्तो सम्पत्ति फिर्ता नगरीवा सम्पत्ति फिर्ता लिन सूचना नदिई वा त्यस्तो सम्पत्तिको धनीलाई उचित म्यादसम्म नपर्खीबेइमानीपूर्वक त्यस्तो सम्पत्ति आफ्नाे निमित्त उपयोग गरेमा वा कुनै प्रकारले रुपान्तरण गरेमा ।तर उचित प्रयास गर्दा पनि सम्पत्तिको धनी पत्ता नलागेमा वा सूचना दिएको उचित म्यादभित्रसम्पत्ति धनी सम्पत्ति फिर्ता लिन नआएमा सम्पत्ति पाउने व्यक्तिले सो सम्पत्ति आफ्नाे निमित्त असलनियतले उपयोग गरेमा यस दफा बमोजिमको कसूर गरेको मानिने छैन ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलार्ई देहाय बमोजिम सजाय हुनेछ:-
(क) कुनै व्यक्तिको मृत्यु हुँदाको बखत निजको कव्जामा रहेको सम्पत्ति निजको कानून बमोजिमको हकवालाकोकव्जामा नपर्दै त्यस्तो सम्पत्तिको आपराधिक उपयोग गरेमा वा बालबालिका, मानसिक वा शारीरिकअस्वस्थताले होस ठेगानमा नरहेको व्यक्ति वा पचहत्तर वर्ष माथिका व्यक्तिको सम्पत्तिको आपराधिक उपयोगगरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,
(ख) खण्ड (क) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा सम्पत्तिको आपराधिक उपयोग गरेको भए एक वर्षसम्म कैद वादश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय ।
(४) यस दफा बमोजिम आपराधिक उपयोग गरेको सम्पत्ति फिर्ता गर्न सकिने अवस्थामा रहेछ भने त्यसरी उपयोग गर्नेव्यक्तिले त्यस्तो सम्पत्तिको धनी वा निजको मृत्यु भइसकेको भए निजको नजिकको हकवालालाई फिर्ता गर्नु पर्नेछ ।