दफा ६८
सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने

(१) कसैले सार्वजनिक विद्युत वा दूरसञ्चार वा त्यस्तै प्रकृतिका अन्य सार्वजनिक सेवा वा कानून बमोजिमकोसार्वजनिक सेवा सञ्चालनमा कुनै किसिमको डरत्रास देखाई बन्द गर्न वा कुनै किसिमले अवरुद्ध गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।