दफा १२३
सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने

(१) कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गर्न वा कुनैकिसिमको अप्राकृतिक मैथुन गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।