दफा ४९
सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने

(१) कसैले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्नेनियतले मानिस, हातहतियार र खरखजाना जम्मा गर्न, हातहतियार सहित सैनिक वा अर्धसैनिक सङ्गठन निर्माण गर्न वात्यस्तो कार्य गर्ने उद्योग गर्नु हुँदैन ।
(२) कसैले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्नसक्ने गरी कुनै विदेशी राज्य, सरकार वा सङ्गठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गर्नु वा गराउनुहुँदैन ।
(३) कसैले उपदफा (१) वा (२) अन्तर्गतको कसूर गर्न दुरुत्साहन दिनु हुँदैन ।
(४) कसैले नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता वा राष्ट्रिय एकता, नेपालकोस्वाधीनता, स्वाभिमान वा सङ्घीय इकाईबिचको सुसम्बन्ध खलल पर्न सक्ने गरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय,साम्प्रदायीक र यस्तै अरु कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै काम कारबाही गर्न वा गराउनवा त्यस्तो गर्ने उद्योग गर्न वा दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने षडयन्त्र गर्न वा विभिन्न जात, जातिवा सम्प्रदायबिचको सुुुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन ।
(५) यस दफा बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) उपदफा (१) वा (२) बमोजिमको कसूर भए जन्मकैद,
(ख) उपदफा (३) बमोजिमको कसूर भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना,
(ग) उपदफा (४) बमोजिमको कसूर भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना ।