दफा ९४
सूचना दिन अवरोध पुर्याउन नहुने

(१) कुनै कसूर भएको वा हुन लागेको छ भन्ने थाहा पाई त्यस्तो कसूरको विषयमा प्रहरी वा अधिकार प्राप्त अधिकारीसमक्ष खबर वा सूचना दिन जाने व्यक्तिलाई कसैले छेकथुन गर्न वा अन्य कुनै किसिमले बाधा अवरोध पुर्याउनुहुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।