दफा १८७
हदम्याद

(१) दफा १७७, १७८, १७९, १८०, १८१, १८२ र १८४ को उपदफा (३) मा रहेको प्रतिबन्धात्क वाक्यांश अन्तर्गतका कसूरदार आफैँ साबित भईपोलेकोमा जहिलेसुकै पनि उजुर लाग्नेछ। त्यस्तो कसूरमा कर्तव्यको उजुरी परेकोमा अनुसन्धानबाट कर्तव्यवालायही हो भन्ने पत्ता नलागेकोमा बीस वर्ष पछि र कर्तव्यको उजुर नपरेकोमा सो वारदात भएको दुई वर्षपछि उजुरीलाग्ने छैन।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेकका यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएकोमितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।