दफा १३१
खास किसिमका हातहतियार प्राप्त गर्न नहुने

(१) कसैले देहायका हातहतियार खरिद बिक्री गरी वा दान, उपहार, पुरस्कार, अंश, अपुतालीबाट वा अन्य कुनै किसिमबाटप्राप्त गर्न, राख्न, सञ्चय गर्न, भण्डारण गर्न र अधिकार प्राप्त अधिकारीको आदेश विना प्रयोग गर्न, ओसारपसार गर्न वा निकासी वा पैठारी गर्न हुँदैनः–
(क) बख्तरबन्द गाडी (ट्याङ्क) तथा त्यसकोे खरखजाना,
(ख) तोप वा मोर्टार तथा त्यसकोे खरखजाना,
(ग) मेशिनगन तथा त्यसकोे खरखजाना,
(घ) जुनसुकै प्रकारको राइफल तथा त्यसकोे खरखजाना,
(ङ) सर्वसाधारणले प्राप्त गर्न वा राख्न नहुने भनी अधिकार प्राप्त अधिकारीले तोकेका अन्य हातहतियार तथात्यसकोे खरखजाना ।
(२) उपदफा (१) मा उल्लिखित हातहतियार प्राप्त गर्ने व्यक्तिले त्यस्तो हातहतियार प्राप्त भएको मितिले पैँतीसदिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबानाहुनेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सुरक्षाको कामसँग सम्बन्धित नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल, नेपालका अधिकृत तथा जवानले वा कानून बमोजिम हातहतियार प्रयोग गर्न पाउने अन्यसुरक्षाकर्मीले आफनो कर्तव्य पालनको सिलसिलामा त्यस्ता हातहतियार राख्न वा प्रयोग गर्न बाधा पुगेको मानिनेछैन ।