दफा २६८
खोटा टिकट बनाउने औजार खरिद, बिक्री, मर्मत इत्यादी गर्न नहुने

(१) खोटा टिकट बनाउने काममा प्रयोग हुन्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई कसैले कुनै औजारवा अन्य कुनै सामान बनाउन, मर्मत गर्न, खरिद बिक्री गर्न, लेनदेन गर्न वा आफूसँग राख्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।