दफा २५७
खोटा मुद्रा चलन गर्न नहुने

(१) कसैले खोटो मुद्रा हो भन्ने जानीजानी सद्दे सरह चलन गर्ने नियतले त्यस्तो मुद्रा खरिद वा बिक्री गर्न,निकासी वा पैठारी गर्न, लेनदेन गर्न, सद्दे सरह चलनमा ल्याउन वा त्यसको उद्योग गर्न वा आपूmसँग राख्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।