दफा २४५
चोरीमा प्रयोग हुने औजार लिई हिड्न नहुने

(१) कसैले चोरी गर्ने वा डाँका गर्ने नियतले चोरी वा डाँकामा प्रयोग हुन सक्ने औजार, मालसामान, हातहतियार,नक्कली साँचोे, पञ्जा, भर्याङ्ग आदि साधन लिई कसैको घर परिसरमा हिड्न वा प्रवेश गर्न वा प्रवेश गर्ने उद्योगगर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिम हिँडने, प्रवेश गर्ने वा प्रवेश गर्ने उद्योग गर्ने व्यक्तिले अन्यथा प्रमाणित भएकोमाबाहेक चोरी गर्ने नियतले हिडेको, प्रवेश गरेको वा प्रवेश गर्न उद्योग गरेको मानिनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।