दफा ४१
जन्म कैद हुने
यस ऐन संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनिदेहायको कुनै कसूर गर्ने कसूरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसूरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछः–
(क) क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको,
(ख) वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेको,
(ग) अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको,
(घ) सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको,
(ङ) कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै विनाश गर्ने गरी जातिहत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेको वा
(च) जवर्जस्ती करणी गरी ज्यान मारेको ।