दफा ५२
जातिहत्या गर्न नहुने

(१) कसैले पनि जातिहत्या (जेनोसाइड) को कसूर गर्नु वा गराउनु हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनका लागि कुनै जात, जाति, सम्प्रदाय वा धर्मिक समूहको अस्तित्व पूर्ण वा आंशिक रुपमाविनाश गर्ने नियतले देहायको कुनै काम गरेमा वा त्यसको उद्योग वा षडयन्त्र गरेमा जातिहत्याको कसूर गरेकोमानिनेछः–
(क) एकै पटक वा पटकपटक गरी त्यस्तो समूहका सदस्यहरुको योजनाबद्ध रुपमा आमहत्या गरेमा,
(ख) एकै पटक वा पटकपटक गरी योजनाबद्ध रुपमा त्यस्तो समूहका सदस्यहरुको शारीरिक अङ्गभङ्ग गरेमा वानिजहरुलाई शारीरिक वा मानसिक अशक्त बनाएमा,
(ग) त्यस्तो समूहका सदस्यहरुको पूर्ण वा आंशिक रुपमा भौतिक विनाश हुने आँकलन गरी त्यस्ता सदस्यहरुलेप्रयोग गर्ने पानी, खाद्यान्न, इन्धन, औषधि जस्ता अत्यावश्यक वस्तुको आपूर्ति वा आवागमनमा अवरोध गरीत्यस्ता समूहका सदस्यको जीवन यापनका शर्तहरुलाई नियोजित रुपमा कष्टप्रद बनाएमा,
(घ) स्वैच्छाले अपनाएको परिवार नियोजनका साधन प्रयोग गरेकोमा बाहेक त्यस्ता समूहभित्र शिशुहरुको जन्मरोक्ने नियतले त्यस्ता समूहका सदस्यहरुलाई जबरजस्ती गर्भ निरोधक उपाय अपनाउन बाध्य पारिएमा,
(ङ) त्यस्ता समूहबाट जन्मिएका बालबालिकालाई जबरजस्ती अर्को समूहमा हस्तान्तरण गरेमा।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) खण्ड (क) बमोजिमको कसूर भए जन्मकैद,
(ख) खण्ड (ख) बमोजिमको कसूर भए यस संहिताबमोजिम शारीरिक अङ्गभङ्ग वा कुटपिट बापत हुने सजायमा थप पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्मजरिबाना,
(ग) खण्ड (ग), (घ) वा (ङ) बमोजिमको कसूर भए दश वर्षसम्म कैद ।
(४) यस दफा बमोजिमको कसूर कुनै व्यक्ति वा कुनै सङ्गठित वा असङ्गठित समूहको आदेश वा निर्देशनबाट भएको रहेछ भनेत्यस्तो निर्देशन दिने व्यक्ति वा त्यस्तो समूहको जिम्मेवार व्यक्ति वा व्यक्तिहरुलाई मुख्य कसूरदार सरहसजाय हुनेछ ।
(५) यस दफा बमोजिमको कसूर सामुहिक रुपमा वा विभिन्न व्यक्तिहरुको संलग्नतामा भएको रहेछ भने त्यस्तो कसूरमासंलग्न प्रत्येक व्यक्ति समान रुपमा कसूरदार मानिनेछ ।
(६) यस दफा बमोजिमको कसूर गर्ने कुनै व्यक्तिले सार्वजनिक पद धारण गरेको भए निजले आफूभन्दा माथिको अधिकारीकोआदेश पालना गर्ने वा कानून र व्यवस्था कायम गर्ने वा कानून कार्यान्वयन गर्ने सिलसिलामा त्यस्तो कसूर भएकोदाबी लिन सक्ने छैन र निजले त्यस्तो दाबी लिएको आधारमा सजायबाट छुट वा उन्मुक्ति पाउने छैन ।