दफा २४९
ठगी गर्न नहुनेः

(१) कसैले ठगी गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याईवा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वककुनै किसिमको हानि, नोक्सानी वा क्षति पुर्याएमा वा आफ्नाे वा अरु कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजलेठगी गरेको मानिनेछ।स्पष्टीकरणः ठगीबाट पीडित व्यक्तिले ठगी गर्ने व्यक्तिबाट कुनै लिखत गराएको रहेछ भनेत्यस विषयमा लिखत बमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ:-
(क) भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारकोे पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमाभएको कुनै संस्थालाई ठगी गरेमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिबाना,
(ख) आफनो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्मजरिबाना,
(ग) खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य कुनै किसिमले ठगी गरेमा सात वर्षसम्म कैद र सत्तरी हजाररुपैयाँँसम्म जरिबाना ।
(४) बालबालिका, होस ठेगानमा नरहेको व्यक्ति, असहाय, निरक्षर वा पचहत्तर वर्ष माथिको व्यक्तिलाई ठगी गरेकोमाउपदफा (३) मा लेखिएको सजायमा थप एक वर्षसम्म कैद सजाय हुनेछ ।