दफा २२
डर त्रासमा परी गरेको काम कसूर नहुने

(१) कसैले जोखिमी हातहतियार वा विषालु वा विष्फोटक पदार्थ लिई कुनै व्यक्तिलाई निजले तत्काल कुनै काम नगरे निजवा निजको नजिकको नातेदारको ज्यान लिने वा शारीरिक अङ्गभङ्ग गराउने डर त्रास देखाएको र तत्काल त्यस्तो कामनगरे आफ्नाे वा आफ्नाे नजिकको नातेदारको ज्यान जान वा शारीरिक अङ्गभङ्ग हुन सक्ने खतरा छ भनी विश्वास गर्नुपर्ने मनासिब कारण भई त्यस्तो व्यक्तिले गरेको त्यस्तो काम कसूर मानिने छैन।तर देहायको अवस्थामा त्यस्तोकाम कसूर मानिने छः–
(क) ज्यान लिएको वा शारीरिक अङ्गभङ्ग गरेकोमा,
(ख) जवर्जस्ती करणी गरेकोमा,
(ग) राज्य बिरुद्धको कसूर गरेकोमा, वा
(घ) त्यस्तो काम गर्ने व्यक्ति आफैँले गर्दा वा आफूले कुनै काम गरेको कारणबाट निज त्यस्तो डर त्रासकोअवस्थामा पुगेकोमा ।
(२) उपदफा (१) बमोजिम डर, त्रासमा पारी कसूर गराउने व्यक्तिलाई निज आफैँले त्यस्तोे कसूर गरे सरह कानून बमोजिमसजाय हुनेछ ।