दफा ३५
दुरुत्साहन दिन नहुने

(१) कसैले कसैलाई कुनै कसूर गर्न दुरुत्साहन दिनु हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई कुनै कसूर गर्न उक्साएमा निजले दुरुत्साहन दिएको मानिनेछ ।
(३) दुरुत्साहन दिने व्यक्तिलाई यस संहितामा छुट्टैसजायको व्यवस्था गरिएकोमा सोही बमोजिम र नगरिएकोमा देहाय बमोजिम सजाय हुनेछ:–
(क) दुरुत्साहन दिए बमोजिम कसूर भएको भए निज स्वयंले कसूर गरे सरहको सजाय,
(ख) दुरुत्साहन दिए बमोजिम कसूर भई नसकेकोमा सो कसूरका लागि तोकिएको सजायको आधा सजाय ।
(४) कुनै व्यक्तिलाई एउटा कसूर गर्न दुरुत्साहन दिएकोमा त्यस्तो व्यक्तिले त्यस्तो दुरुत्साहनको प्रभाव वासम्भावित परिणाम स्वरुप कुनै अर्को कसूर गरेमा दुरुत्साहन दिने व्यक्तिलाई त्यस्तो कसूर पनि निज स्वयंले गरेसरह सजाय हुनेछ ।