दफा १०१
पक्राउको बाधा विरोध गर्न वा थुनाबाट भाग्न नहुने

(१) कुनै व्यक्तिलाई पक्राउ गर्न कानून बमोजिम पक्राउ पूर्जी जारी भएकोमा त्यस्तो व्यक्तिले पक्राउको सिलसिलामावा पक्राउ पर्दा वा पक्राउ परिसकेको भए पक्राउबाट बच्नको लागि जानीजानी बल प्रयोग गरी बाधा विरोध गर्न वाकानून बमोजिम थुनामा रहेको व्यक्तिले थुनाबाट भाग्न वा भाग्ने उद्योग गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।