दफा ११७
पशुपंक्षी छाडा छाड्न नहुने

(१) कसैले आफ्नाे वा आफ्नाे नियन्त्रण वा जिम्मा रहेको कुनै पशुपंक्षी अर्काको घर, जग्गामा वा सार्वजनिक बाटोघाटो वा सार्वजनिक स्थलमा छाडा छोड्न हुँदैन ।
(२) उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।