दफा १११
पानी दुषित पार्न नहुने

(१) कसैले सर्वसाधारणले पिउने पानी वा पिउने पानीको मुहानलाई पिउन नहुने गरी दुषित गर्न वा पिउने बाहेक अन्यकुनै काममा प्रयोग हुने पानीलाई त्यस्तो काममा प्रयोग गर्न नहुने गरी दुषित पार्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) पिउने पानी वा पानीको मुहान दुषित गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजाररुपैयाँँसम्म जरिबाना वा दुवै सजाय,
(ख) अन्य प्रयोजनका लागि प्रयोग हुने पानी दुषित पार्ने वा पार्न लगाउने व्यक्तिलाई छ महिनासम्म कैद वापाँच हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय ।