दफा २३३
मञ्जुरी विना मानव शरीरमा परीक्षण गर्न नहुने

(१) कानून बमोजिम इलाज गर्न पाउने व्यक्तिले मानव शरीरमा कुनै इलाज सम्बन्धी विधि, चिरफार वा औषधि परीक्षण गर्नुपर्दा सम्बन्धित व्यक्ति र बालबालिका वा होस ठेगानमा नभएको व्यक्ति भए निजको बाबु आमा वा संरक्षकको मञ्जुरीनलिई र त्यस्तो व्यक्ति वा बाबु आमा वा संरक्षकलाई त्यस कुराको जानकारी नदिई त्यस्तो काम गर्नु वा गराउनुहुँदैन ।तर विपद्‌ वा सडक दुर्घटना भएको वा सम्बन्धित व्यक्तिको बाबु, आमा वा संरक्षकको तत्कालमञ्जरी लिन नसकिने वा सो कुराको जानकारी दिन नसकिने अवस्थामा त्यस्तो व्यक्तिको ज्यान जोगाउनको लागितत्काल उपचार वा अङ्ग चिरफार गर्न कुनै बाधा पर्ने छैन।
(२) उपदफा (१) बमोजिम परीक्षण गर्दा त्यस्तो विधि, चिरफार वा औषधिको मानव शरीरमा हुन सक्ने असर समेतलाई विचारगरी होसियारी पूर्वक गर्नु पर्नेछ ।
(३) कसैले अनुचित आर्थिक लाभ लिने वा महिलाको गोपनियता भङ्ग गर्ने वा अन्य कुनै नियतले कसैको शारीरिक परीक्षणगर्नु वा अङ्ग परिवर्तन गर्नु वा गराउनु हुँदैन ।
(४) उपदफा (१), (२) वा (३) विपरीत परीक्षण गर्ने, गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्मजरिबाना हुनेछ ।
(५) उपदफा (१), (२) वा (३) बमोजिमको कसूर गरेको कारणबाट कसैको ज्यान मरेकोमा ज्यान मारे सरह र अङ्गभङ्ग भएकोमाअङ्गभङ्ग गरे सरह सजाय हुनेछ ।