दफा १०५
मानव रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच

(१) कसैले आफनो वा अरु कसैको शरीरमा रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आइ.भी.) वा हेपाटाइटिस् बीको जिवाणु रहेको थाहा पाँउदा पाउँदै कसैलाई त्यस्तो रोग सार्ने नियतले आफ्नाे रगत दिन वा त्यस्तो व्यक्तिकोरगत दिन लगाउन वा कुनै किसिमको पूर्व सावधानी नलिई कसैसँग यौन सम्पर्क कायम गर्न वा कुनै किसिमबाट आफ्नाे वात्यस्तो व्यक्तिको रगत, वीर्य, र्याल, थुक वा कुनै मानव अङ्ग अर्काको शरीरभित्र पठाउन हुँदैन ।
(२) उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिबाना हुनेछ ।तर त्यस्तो रोग सार्ने नियत नभई लापरबाही वा हेलचक्य्राइँबाट सर्न गएको रहेछ भने तीन वर्षसम्म कैद र तीसहजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।
(३) पीडित आफैँ मानव रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु वा हेपाटाइटिस् बी को जिवाणु रहेको व्यक्तिसँगयौन सम्पर्क गर्न गएकोे रहेछ भने त्यस्तो जिवाणु रहेको व्यक्तिले यस दफा बमोजिमको कसूर गरेको मानिने छैन ।