दफा २५९
मापदण्ड विपरीत मुद्रा बनाउन नहुने

(१) प्रचलित कानून बमोजिम मुद्रा बनाउने अधिकार पाएकोे कुनै अधिकारी वा व्यक्तिले जानीजानी कानूनद्वारानिर्धारित मापदण्ड विपरीत हुने गरी मुद्रा बनाउन, मुद्रा बनाउने शर्त बन्देज विपरीत मुद्रा बनाउन, बनाउनुपर्नेभन्दा बढी परिमाणमा मुद्रा बनाउन वा त्यसरी फरक पारी बनाउने नियतले कुनै काम गर्न वा त्यसबाट आपूmलाईवा अरु कसैलाई लाभ पु¥याउन वा त्यस्तो काममा सहयोग पु¥याउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।