दफा १८०
मार्न चाहेको व्यक्ति नमरी अर्को व्यक्ति मरेमा सजाय हुने

दफा १७७, १७८ र १७९ मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कसैलाई मार्ने नियतले वा कुनै व्यक्ति मर्न सक्छभन्ने जानीजानी वा त्यसको विश्वास गर्नु पर्ने कारण भई कुनै काम गर्दा त्यस्तो व्यक्ति नमरी अर्को व्यक्ति मर्नगएमा निजलाई अवस्था अनुसार दफा १७७, १७८ र १७९ मा लेखिए बमोजिमको सजाय हुनेछ ।