दफा १५२
राष्ट्रिय विभूतिको अपमान गर्न नहुने

(१) कसैले नेपाल सरकारले तोकेका राष्ट्रिय विभूतिलाई जानीजानी घृणा, अपमान वा बदनाम गर्न, त्यस्ता विभूतिकोशालिक, स्तम्भ वा स्मारक भत्काउन वा हानि, नोक्सानी गर्न हुँदैन।तर त्यस्ता विभूतिको जीवनी अध्ययन अनुसन्धान वा मूल्याङ्कनको सन्दर्भमा असल नियतले गरिएको टिकाटिप्पणीलाई यस दफा बमोजिमको कसूर मानिने छैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।