दफा ९२
लिखत नष्ट गर्न नहुने

(१) कुनै न्यायिक वा अन्य कानूनी कारबाहीमा कुनै लिखत वा विद्युतीय अभिलेख प्रमाणको रुपमा पेश गर्ने कानूनीकर्तव्य भएको व्यक्तिले जानीजानी त्यस्तो लिखत वा अभिलेख नष्ट गर्न, केरमेट गरी नबुझिने पार्न वा अन्य कुनैप्रकारले प्रमाणमा प्रयोग गर्न नमिल्ने बनाउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।
(३) कुनै न्यायिक वा अन्य कानूनी कारबाहीमा पेश भएको कुनै लिखत वा विद्युतीय अभिलेख कसैले कानून विपरीत जानीजानीनष्ट गर्न, केरमेट गरी नबुझिने पार्न वा अन्य कुनै प्रकारले प्रमाणमा प्रयोग गर्न नमिल्ने बनाउन वागैरकानूनी रुपमा हटाउन वा अनधिकृत रुपमा कसैलाई दिनु हुँदैन ।
(४) उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।
(५) उपदफा (१) वा (३) बमोजिमको कसूर कुनै राष्ट्रसेवकले गरेमा निजलाई सोही उपदफामा उल्लिखित सजायको दोब्बर सजायहुनेछ ।