दफा १५०
सार्वजनिक भौतिक संरचनाको अनधिकृत कब्जा वा विनाश गर्न नहुने

(१) कानून बमोजिम बाहेक कसैले कुनै सार्वजनिक भौतिक संरचना अनधिकृत रुपमा कब्जा गर्न, त्यस्तो संरचना प्रयोग हुननदिन वा कुनै किसिमले हानि, नोक्सानी वा विनाश गर्न हुँदैन।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “सार्वजनिक भौतिक संरचना” भन्नालेसार्वजनिक रुपमा प्रयोग हुने देहायका संरचना सम्झनु पर्छः–
(क) सडक, बाटो, पुल, सुरुङ्ग, विमानस्थल,
(ख) जलाशय, नहर, खानेपानीको मुहान तथा पोखरी, विद्युत गृह, विद्युत प्रसारण केन्द्र वा त्यसको लाइन,
(ग) रज्जुमार्ग, केवुलकार, दूरसञ्चार सम्बन्धी उपकरण, रेडियो स्टेशन, टेलिभिजन प्रशारण केन्द्र तथात्यसको टावर,
(घ) रेल तथा रेलमार्ग,
(ङ) सार्वजनिक बस विसौनी, सार्वजनिक उद्यान, वा
(च) अन्य यस्तै संरचना ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँंसम्म जरिबाना हुनेछ ।