दफा ६५
सार्वजनिक शान्ति खलल पार्न नहुने

(१) कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरु कुनै किसिमबाट धर्म, वर्ण, जात, जाति, सम्प्रदाय वाभाषाको आधारमा नेपालका विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिहरुका बिचको सुसम्बन्धमा खलल पार्ने कामगर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर कुनै देवस्थल वा पूजा वा प्रार्थना गर्ने ठाउँ वा धार्मिक, साँस्कृतिक चाड वासमारोह भइरहेको ठाउँमा गरेको भए उपदफा (२) बमोजिमको सजायमा थप एक वर्षसम्म कैद हुनेछ ।