दफा २१८
हदम्याद

(१) यस परिच्छेद अन्तर्गतका कुनै कसूर गरी कसैको ज्यान लिएकोमा जहिले सुकै पनि उजुर गर्न सकिने छ ।
(२) उपदफा (१) मा लेखिए बाहेक यस परिच्छेद अन्तर्गतको कुनै कसूर भए गरेको मितिले दुई वर्ष र दफा २११ र २१२अन्तर्गतको कसूर भएकोमा सम्बन्धित व्यक्ति त्यस्तो कसूरबाट मुक्त भएको मितिले छ महिना नाघेपछि उजुर लाग्नेछैन ।