Rule 6
Na
(१) ऐनको दफा ९ को उपदफा (४) को. प्रयोजनको लागि डिभिजनल वन अधिकृतले नेपाल सरकारबाट अनुमति प्राप्त विकास आयोजना सञ्चालन गर्नका लागि निश्चित समयावधि र सर्त तोकी सवारी साधन तथा मानिसको आवतजावतका लागि वन क्षेत्रमा प्रवेशको लागि अनुमति दिन सक्नेछ।

(२) ऐनको दफा ९ बमोजिम प्रवेश निषेध गरिएको वन क्षेत्रमा स्वीकृत कार्ययोजना बमोजिम वन संरक्षण र संवर्द्धन कार्यको लागि डिभिजनल वन अधिकृतले आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।