Rule 87
Na
(१) विकास आयोजनाको तर्जुमा गर्दा सम्भव भएसम्म राष्ट्रिय वनक्षेत्र नपर्ने गरी गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको आयोजना तर्जुमाको लागि सम्भाव्यता अध्ययन गर्दा ऐनको दफा ४२ बमोजिमका विकास (आयोजना सञ्चालन गर्न राष्ट्रिय वनक्षेत्र प्रयोग गर्नु बाहेक: अन्य कुनै पनि विकल्प नभएमा सम्बन्धित वन व्यवस्थापन पद्धति बमोजिम त्यस्तो वन व्यवस्थापन गर्ने निकाय वा समूहको परामर्श तथा सहभागितामा न्यूनतम वनक्षेत्र मात्र प्रयोग गर्ने र न्यूनतम रूख बिरुवा मात्र हटाउनु पर्ने विकल्पको अध्ययन तथा विश्लेषण गरी मुख्य क्रियाकलाप समावेश भएको अध्ययन प्रतिवेदन तयार गर्नु पर्नेछ।

(३) यस नियम बमोजिम विकास आयोजनाको लागि वन क्षेत्र प्रयोग गर्नु पर्ने भएमा त्यस्तो आयोजना तर्जुमा गर्दा, सम्भाव्यता अध्ययन गर्दा तथा वातावरणीय . अध्ययन गर्दा सम्बन्धित डिभिजन वन कार्यालयसँग समन्वय गर्नु पर्नेछ ।

(४) विकास आयोजना सञ्चालनका लागि प्रयोग हुने राष्ट्रिय वनक्षेत्रको यकिन गर्दा त्यस्तो आयोजना कार्यान्वयनको लागि आवश्यक पर्ने राइट अफ वे, सेक्यूरिटी पेरिमिटर, हरित पेटी, पहुँच मार्ग जस्ता अनिवार्य आवश्यकताका क्षेत्र समेत समेटिएको हुनु पर्नेछ ।