Rule 85
Na
(१) सार्वजनिक जग्गामा रहेका ऐनको दफा ३७ को उपदफा (३) बमोजिमका तथा अन्य रुख विकास आयोजना सञ्चालनका लागि हटाउनु पर्ने भएमा रुख वा जग्गाको व्यवस्थापन गरिरहेको निकायले गरेको निर्णय र नियम ३६ को उपनियम (१) बमोजिमको समितिको सिफारिसको आधारमा डिभिजनल वन: अधिकृतले त्यस्तो आयोजना सञ्चालन गर्ने कार्यालयलाई हटाउन स्वीकृति दिन सक्नेछ।

(२) उपनियम (१) बमोजिम प्राप्त हुने वन पैदावार डिभिजनल वन अधिकृतले नियम २५ बमोजिम लिलाम बिक्री गर्नेछ।

तर त्यस्तो सार्वजनिक जग्गा उपभोक्ता _ समूहबाट व्यवस्थापन भएको अवस्थामा त्यस्तो वन पैदावार उपभोक्ता समूहलाई हस्तान्तरण गर्नु पर्नेछ।