Rule 22
गराउने
(१) डिभिजनल वन अधिकृतले अनुसूची-६ बमोजिमको मूल्य र सङ्कलन खर्च लिई स्थानीय मागका आधारमा जिल्ला वन पैदावार आपूर्ति समितिलाई एकमुष्ट वा विभिन्न लटमा काठ, दाउरा उपलव्ध/गराउनु पर्नेछ।

(२) स्वीकृत कार्ययोजना बमोजिम काठ, दाउरा प्राप्त हुन नसक्ने जिल्लालाई प्रदेश मन्त्रालयले सम्बन्धित प्रदेशभित्रका काठ, दाउरा उपलब्ध हुन सक्ने कुनै अन्य जिल्लाबाट: काठ, दाउरा उपलव्ध गराउने व्यवस्था मिलाउनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम सम्बन्धित प्रदेशभित्रका जिल्लाबाट समेत काठ, दाउरा उपलब्ध हुन नसक्ने भएमा प्रदेश मन्त्रालयको अनुरोधमा मन्त्रालयले अर्को कुनै प्रदेशको जिल्लाबाट काठ, दाउराको आपूर्ति हुने व्यवस्था मिलाउन सक्नेछ।

(४) सामुदायिक वन उपभोक्ता समूह वा साझेदारी वन उपभोक्ता समूहले आन्तरिक खपत गरी सो समूह बाहिर बिक्री वितरणको लागि छुट्याएको सालका काठ: र दाउरा मध्ये कम्तीमा पच्चीस प्रतिशत र साल बाहेकका अन्य प्रजातिका काठ, दाउराको हकमा जिल्ला वन पैदावार आपूर्ति समितिको मागको आधारमा सो समितिलाई उपलव्ध गराउनु पर्नेछ। यसरी जिल्ला वन पैदावार आपूर्ति समितिलाई काठ, दाउरा उपलब्ध गराउँदा अनुसूची-६ बमोजिमको मूल्य र सङ्कलन खर्च लिनु पर्नेछ।

तर वनक्षेत्र न्यून भई वनको पहुँच कम भएका र जनघनत्व बढी भएका : अनुसूची-१३ बमोजिमका जिल्लामा कम्तीमा पचास प्रतिशत काठ, दाउरा जिल्ला वन पैदावार आपूर्ति समितिलाई उपलब्ध गराउनु पर्नेछ।

(५) उपनियम (४) बमोजिम उपभोक्ता समूहले जिल्ला वन पैदावार आपूर्ति समितिलाई उपलव्ध गराएको काठ, दाउरा एक वर्ष भित्रमा उठाई नलगेमा उपभोक्ता समूहले त्यस्तो काठ, दाउरा लिलाम बिक्री गर्न सक्नेछ।

(६) जिल्ला वन पैदावार आपूर्ति समितिले आफूलाई प्राप्त भएको दाउरा प्रदेश मन्त्रालयको सहमतिमा सम्बन्धित प्रदेशभित्र र विभागको सहमतिमा नेपालभर दाहसंस्कार प्रयोजनको लागि उपलब्ध गराउन सक्नेछ।