Rule 29
Na
(१) डिभिजनल वन अधिकृतले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय _ व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिमका सङ्कटापन्न वन पैदावार बाहेक आफ्नो कार्य क्षेत्रभित्रको जडीबुटी तथा अन्य वन पैदावार स्वीकृत कार्ययोजनाको अधीनमा रही सङ्कलन गर्न प्रजाति, किसिम, सङ्कलन गर्न सकिने परिमाण र प्रजाति अनुसार सङ्कलन गर्ने समय समेत तोकी-बढीमा एक महिनाको म्याद दिई वर्षको एक पटक वां प्रजाति अनुसार पटक पटक गरी सूचना जारी गर्नु पर्नेछ।

(२) कुनै वनक्षेत्रबाट नियम १८ को खण्ड (ख) र (ग) बमोजिमका जडीबुटी तथा वनस्पतिजन्य वन पैदावारको सङ्कलन /गर्न चाहनेले त्यस्तो जडीबुटी तथा वन पैदावारको किसिम, सङ्कलन क्षेत्र, परिमाण र सङ्कलन गर्ने उद्देश्य समेत खुलाई डिभिजनल वन अधिकृत समक्ष निवेदन दिनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम निवेदन परेमा डिभिजनल वन अधिकृतले सो उपर जाँचबुझ गर्दा माग: बमोजिमको जडीबुटी तथा वनस्पतिजन्य वन पैदावार प्रतिबन्ध नलागेको र स्वीकृत कार्ययोजना बमोजिम सङ्कलन गर्न सकिने परिमाण भित्र रहेको देखिएमा अनुसूची-७ वा अनुसूची-८ बमोजिमको मूल्यदर अनुसार हुने रकम धरौटी लिई अनुसूची-१५ बमोजिमको ढाँचामा सङ्कलन इजाजत,दिनु पर्नेछ।

(४) कुनै वनक्षेत्रमा रहेको एउटै किसिमको जडीबुटी सङ्कलनका लागि एक भन्दा बढी निवेदन परी वार्षिक स्वीकृत परिमाणभन्दा बढी माग भएमा: डिभिजनल वन अधिकृतले सबै निवेदकसँग आफूले तिर्न सक्ने अधिकतम मूल्यसहितको सिलबन्दी प्रस्ताव माग .गर्नु पर्नेछ। यसरी प्राप्त सिलबन्दी प्रस्ताव मध्ये सबैभन्दा बढी मूल्य कबुल गर्ने निवेदकलाई उपनियम (३) बमोजिमको सङ्कलन इजाजत दिनु पर्नेछ।

(५) जडीबुटी तथा वनस्पतिजन्य वन पैदावार सङ्कलन गर्न इजाजत प्राप्त गर्ने व्यक्ति वा निकायले डिभिजन वन कार्यालयको . प्रत्यक्ष अनुगमनमा स्वीकृत कार्ययोजनामा उल्लिखित तरिका- तथा प्रविधि अनुसार दिगो व्यवस्थापनको आधारमा सङ्कलन गर्नु पर्नेछ।

(६) उपनियम (३) वा (४) बमोजिमको सङ्कलन इजाजत अनुसारको परिमाणमा नबढ्ने गरी सङ्कलन गरिएको जडीबुटी तथा वनस्पतिजन्य वन पैदावारलाई डिभिजनल वन अधिकृतले अनुसूची-१६ बमोजिमको ढाँचामा छोडपुर्जी दिनु पर्नेछ। यसरी छोडपुर्जी दिँदा अनुसूची-७ वा अनुसूची-८ बमोजिम मूल्य लिनु पर्नेछ।

(७) उपनियम (६) बमोजिम छोडपुर्जी प्राप्त जडीबुटी तथा वनस्पतिजन्य वन पैदावार ओसारपसार गर्दा /वन पैदावार राखिएको बोरा वा कन्टेनर वा यस्तै प्रकारको भाँडोमा- विभागले डिभिजन वन कार्यालयलाई उपलब्ध गराएको सिल लगाई दरपिठ गराई ओसारपसार गर्नु पर्नेछ।

(८) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको वा नेपाल सरकारको लगानी रहेको जडीबुटी प्रशोधन गर्ने वा जडीबुटीजन्य कुनै पदार्थ उत्पादन : गर्ने कम्पनी वा संस्थालाई डिभिजनल वन अधिकृतले स्वीकृत कार्ययोजनाको अधीनमा रही अनुसूची-७ बमोजिमको मूल्य लिई त्यस्तो जडीबुटी सङ्कलन गर्न अनुमति दिन वा बिक्री वितरण गर्न सक्नेछ।

(९) नेपालको अदालतबाट कुनै कसूरमा ऐन बमोजिम जफत भएका कुनै जडीबुटी वा जडीबुटीजन्य वन पैदावार अदालतबाट भएको आदेशबमोजिम नेपाल सरकार वा प्रदेश सरकारले कुनै शैक्षिक तथा वैज्ञानिक अध्ययन अनुसन्धान गर्न वा प्रशोधन गरी औषधिजन्य प्रयोग गर्न वा धार्मिक कार्यका लागि नेपाल सरकारको लगानी भएको कम्पनी, संस्था वा सार्वजनिक संस्था वा निकायलाई उपलब्ध गराउन सक्नेछ।

(१०) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सङ्कटापन्न वनस्पतिको हकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम हुनेछ।