Rule 127
Na
(१) वनक्षेत्रबाट वन पैदावार सङ्कलन गर्ने इजाजतपत्र प्राप्त गरेका उपभोक्ता समूह, व्यक्ति, फर्म, उद्योग, कम्पनी वा आयोजनाले वन व्यवस्थापन तथा वन पैदावारको सङ्कलनदेखि प्रशोधनसम्मको कार्यमा श्रमिकको रुपमा संलग्न हुने जनशक्ति व्यवस्थापन गर्दा देहाय बमोजिमका कार्य, गर्नु पर्नेछ:-
(क) वनश्रमिकको अभिलेख राख्ने र परिचय पत्र उपलब्ध गराउनु पर्ने,
(ख) /वन पैदावार सङ्कलन कार्य गराउनु अघि सङ्कलन कार्यमा संलग्न हुने व्यक्तिलाई वन पैदावारको दिगो सङ्कलनका अभ्यासको बारेमा तालिम प्रदान गर्नु पर्ने,
(ग) वन पैदावार सङ्कलन कार्यमा संलग्न हुने जनशक्तिलाई वन पैदावार सङ्कलनका क्रममा हुनसक्ने जोखिम न्यूनीकरणका उपाय अपनाउनु पर्ने, (घ) वन पैदावार सङ्कलनमा खटिएका जनशक्तिलाई आफ्नो सुरक्षा गर्ने सम्बन्धी तालिम प्रदान गर्नु पर्ने,
(ङ) वन पैदावार सङ्कलनमा खटिएका जनशक्तिको प्रत्येक समूहलाई प्राथमिक (उपचारको सामान उपलब्ध गराउनु पर्ने र् समूहको कम्तीमा एकजनालाई आधारभूत: प्राथमिक उपचारको तालिम दिने व्यवस्था (गर्नु पर्ने ।
(२) वन पैदावार सङकलन सम्बन्धी काम गर्ने कर्मचारी तथा श्रमिकको लागि सम्बन्धित निकायले सरसफाई र सुरक्षाको उचित प्रबन्ध मिलाउनु पर्नेछ।
(३) यो नियम प्रारम्भ हुँदाका बखत वन व्यवस्थापन कार्यमा संलग्न भइरहेका जनशक्तिलाई समेत यो नियम प्रारम्भ भएको एक वर्षभित्र यस नियम बमोजिमको तालिमको व्यवस्था गर्नु पर्नेछ।