Rule 11
व्यवस्था
(१) डिभिजनल वन अधिकृतले आफ्नो कार्यक्षेत्र भित्र पर्ने वनक्षेत्र भित्रको पानीको स्रोतक्षेत्र, पानीको मुहान, पोखरी, ताल, हिमताल, _खोला-खोल्सी, नदी लगायतका सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापनको उचित व्यवस्था मिलाउनु पर्नेछ।

(२) डिभिजनल वन अधिकृतले रामसार महासन्धि अन्तर्गतको अन्तर्राष्ट्रियस्तरमा महत्त्व राख्ने रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्र वा राष्ट्रिय वनक्षेत्र भित्रको खास महत्त्वपूर्ण सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन गरी पर्यापर्यटन विकास गर्न नियम १४ बमोजिमको रणनीतिक योजनाको आधारमा छुट्टै सिमसार व्यवस्थापन योजना तयार गरी निर्देशनालयको स्वीकृति लिई विभागमा पठाउनु पर्नेछ। यस्तो योजना तयार गर्दा सिमसार क्षेत्रमा हुन सक्ने पर्यापर्यटनको सम्भावनाका क्षेत्रहरु समेत पहिचान गरी उल्लेख गर्नुपर्नेछ ।

(३) उपनियम (२) बमोजिमको व्यवस्थापन योजनामा विभागले आफ्नो राय सहित मन्त्रालयमा . पठाउनेछ र मन्त्रालयले स्वीकृत गरेपछि त्यस्तो योजना लागू हुनेछ।

(४) यस नियममा अन्यत्र जुनसुकै: कुरा लेखिएको भए तापनि उपभोक्ता समूहद्वारा व्यवस्थापन: गरिएका वन क्षेत्रभित्र रहेका सिमसार क्षेत्रको व्यवस्थापन स्वीकृत कार्ययोजना बमोजिम गर्नु पर्नेछ।

(५) डिभिजनल वन अधिकृतले प्रदेश मन्त्रालयको सहमति लिई सिमसार क्षेत्रको संरक्षण, व्यवस्थापन र पर्यापर्यटन सञ्चालनमा स्थानीय तहसँग सहकार्य गर्न सक्नेछ।