Rule 58
व्यवस्था
(१) साझेदारी वन उपभोक्ता समूहको कोषको खाता त्यस्तो उपभोक्ता समूहको अध्यक्ष र नियम ५७ को उपनियम (१) बमोजिमको साझेदारी वन व्यवस्थापन समितिको सदस्य मध्येबाट सो समितिले छनोट गरेको व्यक्तिको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ।

(२) साझेदारी वन उपभोक्ता समूहले_कोषको रकम सो समूहले स्वीकृत गरेको कार्यक्रम र योजनामा मात्र खर्च गर्नु पर्नेछ। यसरी सो कोषको रकम खर्च गर्दा डिभिजन वन कार्यालयबाट कार्यक्रम स्वीकृत गराएर मात्र गर्नु पर्नेछ।

(३) नियम ५७ को- उपनियम (१) बमोजिमको साझेदारी वन व्यवस्थापन समिति र सोही नियमको उपनियम (२) बमोजिमको कार्यान्वयन एकाइको कार्य सञ्चालन खर्च साझेदारी वन उपभोक्ता समूहको कोषबाट व्यहोरिनेछ।

(४) साझेदारी वन उपभोक्ता समूहले आफ्नो चल अचल सम्पत्ति र्‌ आम्दानी र खर्चको लेखा तथा अभिलेख प्रचलित कानून बमोजिम सार्वजनिक निकायको प्रयोजनको लागि स्वीकृत ढाँचामा दुरुस्त राख्नु पर्नेछ।

(५) साझेदारी वन उपभोक्ता समूहको आम्दानी र खर्चको .वार्षिक लेखापरीक्षण प्रचलित कानून बमोजिम गर्नु पर्नेछ।

(६) डिभिजनल वन अधिकृत वा निजले खटाएको कर्मचारीले साझेदारी वन उपभोक्ता समूहले राखेको लेखा र अभिलेख आवश्यकता अनुसार जाँचबुझ गर्न सक्नेछ।