Rule 99
Na
(१) ऐनको दफा ४३ को उपदफा (१) बमोजिम गरिएको अन्वेषणको आधारमा सो दफाको उपदफा (२) बमोजिम सुन, चाँदी, तामा, फलाम जस्ता खनिज: पदार्थ उत्खनन् गर्नका लागि माग भई आएमा नेपाल सरकारले राष्ट्रिय वनको कुनै भाग प्रयोग गर्न स्वीकृति दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम खनिज पदार्थ उत्खनन् गर्न चाहनेले देहायका कागजात सहित खानी तथा भू-गर्भ विभाग मार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिनु पर्नेछः-
(क) प्रचलित कानून बमोजिम खानी उत्खनन् गर्न प्राप्त इजाजतपत्र,
(ख) वातावरणीय अध्ययन प्रतिवेदन,
(ग) माइनिङ स्कीम,
(घ) उत्खनन् गर्ने बनक्षेत्रको ठेगाना, चारकिल्ला र क्षेत्रफल,
(ङ) औद्योगिक कच्चा पदार्थको रुपमा त्यसरी उत्खनन् गरिएको खनिज पदार्थ प्रयोग हुने आयोजना वा उद्योगको विवरण, (च) औद्योगिक कच्चा पदार्थको रुपमा खनिज पदार्थ प्रयोग हुने उद्योगको उद्योग दर्ता प्रमाणपत्र,
(छ) खनिज पदार्थ उत्खनन् गर्नका लागि माग भएको राष्ट्रिय वनक्षेत्रको कुनै भाग उपभोक्ता समूहको व्यवस्थापनमा रहेको भए उपभोक्ता समूहको साधारण सभाको निर्णय।
(३) ऐनको दफा ४३. को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम: राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना वा राष्ट्रिय गौरवको आयोजना वा लगानी बोर्डबाट लगानी स्वीकृत भएको आयोजनाका लागि आवश्यक कच्चा पदार्थ उत्खनन् गर्न निवेदन दिँदा-उपनियम (२) मा उल्लिखित कागजातका अतिरिक्त देहाय बमोजिमको कागजात पेस गर्नु पर्नेछ:-
(क)-राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको हकमा राष्ट्रिय योजना आयोगको निर्णय,
(ख) लगानी बोर्डबाट लगानी स्वीकृत भएको आयोजनाको हकमा आयोजना विकास सम्झौता सहित बोर्डको निर्णय,
(ग) राष्ट्रिय गौरवको आयोजनाको हकमा सोको आधिकारिक प्रमाण कागजात ।
(४) उपनियम (२) वा (३) बमोजिम निवेदन परेमा लगानी बोर्डबाट स्वीकृति आयोजनाको हकमा बोर्डले र अन्य आयोजनाको हकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक कागजात र सिफारिस सहित मन्त्रालयमा पठाउनु पर्नेछ।