Rule 82
Na
(१) निजी वन धनीले निजी जग्गामा कृषि वन र जडीबुटी खेती गर्दा प्रचलित वातावरण सम्बन्धी कानून र जडीबुटी खेती तथा प्रशोधन सम्बन्धी अन्य प्रचलित कानूनमा तोकिएका मापदण्डको पालना गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निजी जग्गामा कृषि वन र जडीबुटी खेती गर्दा छिमेकी जग्गावालाको कृषि प्रणालीमा असर पार्ने कार्य गर्नु हुँदैन।

(३) निजी जग्गामा खेती गरिएका अनुसूची-४८ मा उल्लिखित काष्ठ, जडीबुटी तथा अन्य वन पैदावार अन्य कृषि उपज सरह सङ्कलन, बिक्री वितरण र ओसारपसार गर्न सकिनेछ।

(४) (यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निजी जग्गामा लगाइएका सङ्कटापन्न वनस्पतिको हकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम हुनेछ।