Rule 52
व्यवस्था
(१) सामुदायिक वन उपभोक्ता समूहले नेपाल सरकारले बनाएको मापदण्डको आधारमा स्वीकृत कार्ययोजनामा समावेश गरी सामुदायिक वनमा अनुसूची-३० बमोजिमका पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम सामुदायिक वन उपभोक्ता समूहले पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्नु अघि प्रचलित कानून बमोजिम स्वीकृति लिनु पर्ने निकायको स्वीकृति लिनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम सामुदायिक वन उपभोक्ता समूहले स्थानीय तह वा सहकारी संस्थासँगको साझेदारीमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न चाहेमा सामुदायिक वनको स्वीकृत कार्ययोजनाको अधीनमा हुने गरी छुट्टै पर्यापर्यटन व्यवस्थापन योजना तयार गरी प्रचलित कानून बमोजिम स्वीकृति लिनु पर्ने निकाय र सम्बन्धित डिभिजनल वन अधिकृतबाट स्वीकृति लिई पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न सक्नेछ।
(४) सामुदायिक वनमा वन्यजन्तु पालन बाहेकका पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्दा सामुदायिक वनको विध्यमान हैसियत र वातावरणमा प्रतिकूल प्रभाव नपर्ने सुनिश्चितता हुने गरी कुल वनक्षेत्रको बढीमा पाँच प्रतिशत वा पाँच: हेक्टर मध्ये जुन घटी हुन्छ सोही परिमाणमा नबढ्ने गरी पर्यापर्यटन कार्यक्रम सञ्चालनका लागि वनक्षेत्र प्रयोग गर्न सकिनेछ।
तर पर्यापर्यटन कार्यक्रम सञ्चालनका लागि कुनै भौतिक संरचना निर्माण गर्नु परेमा वनक्षेत्रको आधा हेक्टर भन्दा बढी क्षेत्रफलमा भौतिक संरचना बनाउन पाइने छैन।
(५) उपनियम (१), (२);(३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि संरक्षित वन्यजन्तुको प्रजनन्स्थल, मुख्य वासस्थान, जैविकमार्ग, भूक्षयको . दृष्टिकोणले जोखिमक्षेत्र तथा स्वीकृत कार्ययोजनाले संवेदनशील भनी किटान गरेको वनक्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न पाइने छैन।
(६) सामुदायिक वनमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्दा ऐन र यस नियमावलीले निषेध गरेका कार्यका साथै अनुसूची-३० बमोजिम निषेध गरिएका कार्य गर्न पाइने छैन।
(७) सामुदायिक वनमा पर्यापर्यटन कार्यक्रम सञ्चालनका लागि सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून बमोजिम स्थानीय तह, विभिन्न निकाय वा सङ्घ संस्थाबाट आवश्यक सहयोग लिन सक्नेछ।