Rule 135
Na
(१) राष्ट्रिय वनसँग सम्बन्धित विषयमा प्रदेश सरकारसँग समन्वय गर्ने काम विभागले गर्नेछ।

(२) विभागले माग गरेको वनसँग सम्बन्धित कुनै पनि तथ्याङ्क वा विवरण डिभिजन वन कार्यालयले विभागलाई उपलव्ध गराउनु पर्नेछ र सोको जानकारी निर्देशनालय र प्रदेश मन्त्रालयलाई गराउनु पर्नेछ ।

(३) डिभिजन वन कार्यालयले आफैंले वा समुदायमा आधारित वन व्यवस्थापन पद्दतिबाट उत्पादन भएको काठ, दाउरा र्‌ अन्य वन पैदावारको सङ्कलन, बिक्री वितरण, राजस्व लगायतका आवश्यक विवरण निर्देशनालय मार्फत प्रदेश मन्त्रालयमा र विभाग मार्फत मन्त्रालयमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुमा पेस गर्नु पर्नेछ |