Rule 12
Na
(१) सरकारी वा सार्वजनिक निकायले वन विकास तथा व्यवस्थापन सम्बन्धी. नर्सरी निर्माण, बिरुवा उत्पादन, वृक्षारोपण, गोडमेल, थिनिङ्ग, प्रुनिङ्, कटान मुछान, काठ, दाउरा उत्पादन, वनपथ निर्माण, स्टोन पिचिङ्ग, अग्निरेखा निर्माण, पोखरी निर्माण, चेकड्याम निर्माण, सेड हाउस निर्माण, काठेपुल निर्माण, अवलोकन टाबर निर्माण, सिमसार संरक्षण वा यस्तै प्रकृतिका अन्य कार्य गर्दा कम्तीमा राजपत्र अनड्रित प्रथम श्रेणी वा सो सरहको वन प्राविधिक कर्मचारीले लागत अनुमान तयार गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम तयार भएको लागत अनुमान डिभिजनल वन अधिकृतले स्वीकृत गरी कार्यान्वयन गराउन सक्नेछ । (३) स्वीकृत वार्षिक कार्यक्रममा परेका वन व्यवस्थापनका कार्य, सब डिभिजन वन कार्यालय वा डिभिजन वन कार्यालयको भवन निर्माण तथा मर्मत सम्भार कार्य र यस्तै प्रकृतिका अन्य वन विकास कार्यको लागि आवश्यक पर्ने काठ, दाउरा डिभिजनल वन अधिकृतले प्रदेश वन निर्देशकको सहमति लिई लगत राखी उपयोग गर्न सक्नेछ।